प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय भवन शिलान्यास



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गरेका छन् ।

कूल २७ रोपनी १२ आना जग्गामा ९७ करोड ११ लाख रुपैयाँको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले सोमबार आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो ।

‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए ।

उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पुर्याउने बताए ।

उनले भने, “हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।”

उनले भने, “हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ । गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ ।”

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शुरु गरेको सघन तराई कार्यक्रमबाट अहिले तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

सरकारले युवालाई बिना धितो दुईदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौँ । सरकारले युवालाई बिना धितो  दुई लाखदेखि  २० लाखसम्म सहुलियत कर्जा उपलब्ध

युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा