काठमाडौं विश्वविद्यालयद्वारा यसअघिको नतिजामा त्रुटी भएको भन्दै एमबिबिएस र बिडिएस तहको नतिजा पुनःप्रकाशित



काठमाडौं । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै शनिबार पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको जानकारी दिए ।

विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए ।

चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए ।

त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाँै विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडाँै उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने