बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे कारवाही गरिने



काठमाडौं । सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महीनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिकरूपमा आह्वान गर्ने र नगरे कारवाही अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारवाही दुवै प्रक्रिया अघि बढाइने बताए ।

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको बताए । उनले बढी शुल्क फिर्ता नगरे सोहीअनुरूप कारवाही अघि बढाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए ।

काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार मात्रै शुल्क लिने गरी सरकारले सीमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

सर्लाही । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका

राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न मन्त्रालयको परिपत्र

काठमाडौं । सरकारले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका