चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको आग्रह



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।

“कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।

त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ ।

त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लामा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै

आन्दोलनरत शिक्षकका मागमा प्रधानमन्त्री र सरकारमा बसेका साथीहरु गम्भीर हुनुपर्छः गगन थापा(भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन

विद्यालय शिक्षा ऐन जारी गर्न तत्काल विशेष अधिवेशन आह्वान गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।