प्रदेश दुईको लोक सेवा आयोगद्वारा २ सय भन्दाबढी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान



काठमाडौं । प्रदेश दुईको लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो । यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खोलिएको थियो ।

यस पटक अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना