लोकसेवामा महिला सहभागिता बढाउन कास्कीमा तयारी कक्षा सञ्चालन



पोखरा । कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

“गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भनिन् । दवाडीका अनुसार लोकसेवा तयारीका लागि तीन लाख बजेट छुट्याइएको छ ।

यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिइन् । महिला तथा बालबालिकाका लागि २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि एक÷एक लाख बजेट छुट्याइएको उनले बताइन् ।

गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिइन् । उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना