हेर्नुस् सामान्य ज्ञानका महत्वपूर्ण प्रश्नहरु, उत्तरसहित “भिम राना जिज्ञासु”



लोक सेवा सामान्य ज्ञान विशेष अंक – २

भिम राना “जिज्ञासु”

१. UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?
– सन् २००१
२. ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
– मनसुनी वायु

३. संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
– ५ वटा

४. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्धारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
– कुलवीर थापा

५. UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?
– ILO

६. अपाङगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान(२०७२)को कुन धारामा व्यवस्था गरिएको छ ?
– धारा ३१(३)

७. संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
– सन् १९४७ अक्टोवर २० देखि
८. सबै भन्दा पुरानो वेद कुन हो ?
– ऋग्वेद (सबैभन्दा पछि रचना गरिएको वेद अथर्व वेद)

९. नेपालमा मेसिन रिडेवल पासवर्ड कहिलेदेखि वितरण गर्न थालिएको हो ?
– वि.सं. २०६७ पुस ११

१०. विकिरण बाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो वस्तुले गुमाएको तापशक्तिको परिणाम चिसो वस्तुले ग्रहण गरेको तापशक्तिको परिणामसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ?
– क्यालोरिमेट्री सिद्धान्त

११. ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल

१२. विक्रम संवत् को थालनी कसले गरेका हुन् ?
– विक्रम आदित्य

१३. गैरआवासिय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?
– सन् २००३ अक्टोवर ११

१४. विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
– मे ८

१५. मणिविक्रम शाह कुन खेल सँग सम्बन्धित खेलाडी हुन् ?
– फुटबल

१६. विश्वमा पहिलो पटक मोबाईलफोनो प्रयोग कहिले गरिएकको हो ?
– सन् १९७३ (आविस्कारक मार्टिन कुपरले पहिलोपटक मोबाइलबाट फोन सम्पर्क स्थापित गरेका । )

१७. संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
– अन्तर्राष्ट्रिय न्यायालय
१८. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (OCR) सफ्टवेयर के सँग सम्बन्धित छ ?
– नेत्रहिन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि हो ।

१९. विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
– वि.सं. २०१३
२०. हरेक बर्ष भाद्र २९ गते मनाईने २०७६ को बाल दिवशको नारा के रहेको छ??
– “सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार”

२१. पर्सा जिल्लालाई ७० औ खुला दिसामुक्त जिल्लाको रुपमा कहिले घोषणा गरियो??
– २०७६ भदौ २८ गते

२२. सन २०१९ सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा सम्पन्न ACC U-19 एसिया कप क्रीकेट को बिजेता को भएको छ ?
– भारत, बंगलादेश लाई ५ रनले पराजित

२३. मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा कहिले उद्वाटन गर्नुभयो??
– २०७६ भदौ २४(सन २०१९ सेप्टेम्बर १०)

२४. भारतको कोलकातास्थित बन्दरगाहसँगै रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको नयाँ कन्टेनर फ्रेट स्टेसनको औपचारिक रूपमा कहिले उद्घाटन गरिएको हो??
– २०७६ भदौ १२

२५. हेनेली पासपोर्ट इन्डेक्स २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
– ९८औं स्थानमा(१८९ देशमा)

(भिम राना विगत दुई दशक देखि लोक सेवा आयोगले परीक्षा लिने सामान्य ज्ञान विषयमा अध्ययन/अध्यापन गर्दै आईरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना