प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई शपथ गराएकी छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए ।

समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेशप्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेकी थिइन् ।

डडेलधुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए । यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना