महिलालाई लोकसेवा पढाउँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका



कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन् ।

उनले भनिन्, “कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना