हेर्नुस् सामान्य ज्ञानका महत्वपूर्ण प्रश्नहरु, उत्तरसहित “भिम राना जिज्ञासु” Share गर्नुहाेला ।



भिम राना “जिज्ञासु”

१.वि. स 2076 वैसाख 5 गते प्रक्षेपण गरिएको नेपाली स्याटलाईटले कहिलेवाट पृथ्वीको कक्षमा घुम्न शुरु गरेको छ ?

– वि. स 2076 असार 2

२. बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद् निलम्वनको घोषणा कहिले गर्नुभयो ?

– सन् २०१९ अगस्ट २८

३. कुन केन्द्रीय निकायमा सार्वजनिक निजी साझेदारी केन्द्र स्थापना गरिएको छ ?

– राष्ट्रिय योजना आयोगको सचिवालय

४. संयुक्त राष्ट्रसंघले कुन वर्षलाई अन्तर्राष्ट्रिय आदिवासी वर्ष घोषणा गरेके हो ?

– सन् १९९३ लाई

५.नेपालसंग सन 2019 मार्च 5 मा दोहोरो करमुक्ती सम्झौता गर्ने 11 औ राष्ट्र कुन हो ?

– बंगलादेश

६. एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार २०१९ बाट सम्मानित हुने सार्कका ब्यक्ती को हुन ?

– भारतका वरिष्ठ पत्रकार रविश कुमार

७. कतारको राजधानी दोहामा सन २०२२ को विश्वकप फुटबलको लागी आधिकारिक प्रतिक चिन्ह कहिले सार्वजनिक गरियो ?

– सन २०१९ सेप्टेम्बर ३

८. शिक्षा दिवस २०७६ को आदर्श वाक्य के हो ?

– हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण

९.वि. स 2075 चैत्र 17 गते बारा र पर्सामा विध्वशं मच्चाउने गरी आएको आधीको नाम के हो ?

– टोर्नाडो

१०. “खोल्साको सुन” पनि भनेर चिनिने नगदे बाली कुन हो ?

– अँलैची

११. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?

– विसं २०७५ मङ्सिर ३

१२. संयुक्त राष्ट्रसंघले कहिलेदेखि कहिलेसम्मको अवधिलाई विश्व आदिवासी दशकको रुपमा घोषणा गर्यो ?

– सन् १९९५ –२००४

१३. ९५ बर्षको उमेरमक जिम्बाब्बेका पुर्व राष्ट्रपती रोवर्ट मुगावेको निधन कहिले भयो ?

– सन २०१९ सेप्टेम्बर ६, सिंगापुरमा

१४.वैज्ञानिकहरुले ब्ल्याकहोलको वास्तविक तस्वीर हालै कहिले सार्वजनिक गरेका छन ?

– सन 2019 अप्रिल 10

१५. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टिम) को गठन कहिले गरिएको हो ?

– वि.सं. २०७४ मङ्सिर १

१७. जलवायु परिवर्तनसम्वन्धी पेरिस सम्झौता (सन् २०१५ डिसेम्वर १२) लाई नेपालले कहिले अनुमोदन गरेको छ ?

– सन् २०१६ अक्टोवर ४

१८. विशिष्टीकृत संस्थाका बारे UNO को बडापत्रको कुन धारामा व्यवस्था गरिएको छ ?

– धारा ५७

१९. उपत्यकाका सडकमा ‘पिक एन्ड ड्रप’ को व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?

– विसं २०७५ पुस १

२०.नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?

– राजा महेन्द्र

२१. नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गत सर्वप्रथम शान्ति सेना पठाएको मुलुक कुन हो ?

– लेवनान

२२.तलका भनाई विचार गर्नुहोस,

1.असंलग्न राष्ट्रको प्रथम शिखर सम्मेलनमा सर्वप्रथम भाग लिने नेपालको राजा महेन्द्र हुन

2.चिनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री टंकप्रसाद आचार्य हुन

A. 1 र 2 दुवै गलत

B. 1 र 2 दुवै ठिक

C. 1 ठिक 2 गलत

D. 1 गलत 2 ठिक

– B. 1 र 2 दुवै ठिक

२३. कुन दिनलाई संयुक्त राष्ट संघले अन्तराष्ट्रिय योग दिवशका रुपमा मनाउन शुरु गरेको छ ?

– जुन २१

२४.पुरस्कारको क्षेत्र सम्वन्धि जोडा मिलाउनुहोस

A.ओस्कार अवार्ड. 1.टेलिभिजन

B.ग्रामी अवार्ड. 2.रङ्ग मन्च

C.ईमी अवार्ड. 3.संगीत

D.टोनी अवार्ड. 4.चलचित्र

A. A4,B3,C2D1

B. A4,B3,C1,D2

C. A3,B1,C2,D1

D. A1,B3,C4,D2

– B. A4,B3,C1,D2

२५. थाहा नगरपालिका कुन जिल्लामा पर्दछ ?

– मकवानपुर

(भिम राना विगत दुई दशक देखि लोक सेवा आयोगले परीक्षा लिने सामान्य ज्ञान विषयमा अध्ययन/अध्यापन गर्दै आईरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना