डा. दंगालद्वारा भर्चुअल मिटिङको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न



प्राध्यापक एवं अर्थशास्त्री डा.दिलनाथ दंगालले गत बर्ष नेपालमा कोरोना कहरका कारण बन्दाबन्दी सुरु भएको समयबाट विविध विषयमा आफुले सञ्चालन गरेको जुम मिटिङको १०० औ श्रृङ्खला नेपालका बिभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्टार, डीन, विभिन्न विषयका विभागीय प्रमुखहरु, प्राध्यापकहरु, शिक्षाविद, पत्रकार लगायत काठमाडौं भित्र र बाहिरका शिक्षासंग सम्बद्ध व्यक्तित्वहरुको संलग्नतामा एक भव्य वेबिनार सम्पन्न गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.इन्द्र बहादुर कार्की, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन र मानविकी संकायका डीनहरु प्रा.डा.डिल्लीराज शर्मा र प्रा.डा.कुसुम शाक्यले कोरोनाका कारण सबै विश्वविद्यालयका कार्यक्रम र गतिविधिहरु प्रभावित भएको र यस्ता महामारीको समयमा शिक्षण सिकाईलाई निरन्तरता दिन सोही अनुसारको पाठ्यक्रम र मूल्याङ्कन विधि हुनुपर्नेमा जोड दिनुभयो र कोरोना कहरका आफ्ना आर्जित अनुभवहरु सुनाउनु भयो ।

शिक्षाविद प्रा.डा. मन प्रसाद वाग्लेले डा.दिलनाथ दंगालले सञ्चालन गरेका कार्यक्रमहरु आफूले नजिकबाट नियालेको बताउँदै सबै श्रृङ्खलाहरु उत्कृष्ट र सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्ने सबै वक्ताहरुले देशभरिका यति धेरै विद्वानहरुलाई एउटै मञ्चमा ल्याएर डा. दंगालले एक उदाहरणीय र अनुकरणीय काम गरेको भन्दै उहाँको प्रशंसा गर्नुभयो ।

सोही कार्यक्रममा आफ्नो छोटो भनाइ राख्दै जनता टिभीमा शिक्षाका कुराका कार्यक्रम निर्माता एवं प्रस्तोता नारायण आचार्यले डा. दंगालले करिब १५ महिनाको समयमा यति धेरै विद्वान व्यक्तिहरुका बिच बहस र अनुसन्धान सम्बन्धी १०० औ श्रृङ्खलासम्म भर्चुअल मिटिङको आयोजना गर्नु असाध्यै सराहनीय रहेकाे बताउदै उहाँलाई बधाई एवं शुभकामना समेत दिनुभयो ।


विश्वविद्यालयहरूमा कोरोनाको असर, शिक्षा सहजीकरणमा विश्वविद्यालयहरुको अनुभव विषयक वेबिनारको संयोजन र सञ्चालन डा. दिलनाथ दंगाल स्वयंले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाम्सले आगामी वर्षदेखि एमबिबिएस पढाउने

  काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र