घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने



दाङ। दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही तीन लाख र पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।

यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी

काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज

स्वरोजगारमुलक शिक्षाका लागि आमूल परिवर्तन गर्न आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन

बजेट अभावमा बाँकेको राप्ती सोनारीमा विद्यालय भवन अधुरो

राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट