कविता : पर्खाइ
म यति खेर प्राकृतिले दिएको
सुन्दर बिस्तरामा छु,
चारै तिर खुल्ला छन् मेर घरका पर्खालहरू
तर
धुम्म धुम्म र गुप्त भएकाछन् मनका पर्खालहरू ।
रातिमा देखिन्छन् आकाशमा
जुन तारा हरू छर्लङ्ग
म सोँच्छु,,
यी जून ताराहरू सायद
मेरो संगी बन्न झुल्किदो हुन्।
म सोँच्छु गाडिहरूका हर्न चराहरूका च्यारच्यार
आवाजहरू अहिले विश्राम लिएका छन्
सायद
मलाई यस्तै यस्तै प्रसङ्गहरू सोच्नलाई होलारू
यस्तै यस्तै सोच्दै गर्दा ,
मध्य रातमा मेरा पेटमा
भोकका छट्पटीहरू सल्बलाउछन
र छट्पटीहरूले भोक सल्बलाउछन्।
तर
यो महामारीको बेला,
निषेधआज्ञा र लकडाउनको
चर्को चर्को घोषणा गर्ने मेरो सरकारले
यि भोका पेटहरूबाट मसाल झै बलेको
चर्को चर्को घोषणा किन सुन्दैन ???
म यति खेर अझ सम्झिदैछु।
पहिला,,, कुनै एक दिन,,
म
भोकले छट्पटिएर हिड्दै गर्दा
गल्ली चोकमा,
कतै सुनेको थिएँ !
हाम्रा देशमा कयौं अरवपतिहरू छन,
अनि कयौं खरवपती हरूपनी छन,,
त्यो बेला सोचेंको थिए
मेरो देश म जस्तै गरिवहरू
मात्र बस्ने थलो होइन रहेछ !
मेरो देशको सबै जनता,
मेरो परिस्थिति जस्तै गरिव छैन रहेछन्
तर विडम्बना,,
आज भोकले छट्पटाई रहेको बेला
हामी जस्ता सहारा नभएको,
खाना, नाना र छाना नभएकाहरूको लागी
निस्किएनन कुनै दानविर !
र पनि यी आँखाहरू
एक गाँस खानाको पर्खाईमा छन् !