रङ्गहरु



रङ्गहरु
त्यसबेला हरियो थियो करेसाबारी
अझै हरियो देखिन्थ्यो,गैरी खेत
हरियै धानको मुठो समातेका ‘बा’ लाई
धमिलो बर्खाले आफू संगै बगाएर लिएपछि
मलाई बर्खा मन पर्दैन
हरियो रङ्ग पनि मन पर्दैन
काधमा गुन्युको सेतो सप्को ओढाएर
समयले खोसेको हो मेरी आमाको
ओठको गुलाबी रङ्ग
त्यसपछि
मन पर्न छाड्यो मलाई सेतो रङ्ग पनि
अध्यारोले छोपेपछी इमानका परेला
साइलाले लुटेको थियो राधाको अस्तित्व
कालोनै थियो सिताको इज्जतमा कालो
लागेको रात पनि
त्यसैले
मलाई अध्यारो मन पर्दैन
कालो रङ्ग पनि मन पर्दैन
फिजाउदै सपनाका पखेटा निलो आकाशमा
निलो समुन्द्र पार गरि परदेश पुगेका ठुलदाइ
निलै बाकसमा घर फर्केको दिनदेखि
डर लाग्छ मलाई निला रङ्ग हरु संग
कुमारित्वका दुई राता छिटा योनिबाट पोखिएकै दिन
अपवित्र भनिएको हो मलाई
रक्ताम्य योनि लिएर छाउ पसेकी काकीलाई
रक्ताम्य लास बनेको देखेपछि
मलाई रजस्वला भएको बार मन पर्दैन
रातो रङ्ग पनि मन पर्दैन
यी आँखा लाई सुनौला सपना देखाएर
उसले पनि रङ्गाइदियो खुशी अर्कैको सिउदोमा
अनि मलाई मन छाड्यो पहेंलो रङ्ग पनि
धेरै रङ्गहरु संग पोतिएर मेटिएको छ आफ्नै अस्तित्व
प्रत्येक रङ्गहरु संग शोक मनाएको छ जिन्दगीले
हरेक रङ्गको दाग बोकाएको छ समयले
मान्छे
भन तिमी कुन रङ्गको पर्व बोकेर
शुभकामना दिन आएका हौं ?
विद्याश्री सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य

चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ

काठमाडौँ । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि

साहित्यकार शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् ।