मृत्युको आयु



डा. रवीन्द्र पाण्डे ।

जीवनभर अशान्ति दिनेले पनि मृत्युपछि ‘रेस्ट इन पिस’ लेख्दा रहेछन् । अस्पतालको मुर्दाघरबाट ऊ च्याँठ्ठियो— हो ! सिसिटिभीले मोबाइलमा कुरा गरेको, हाँसेको तथा सुख पाएको मात्र देखाउँछ । भित्र प्राण फुस्किने गरी काम गरेको किन देखाउँथ्यो र !
….
जीवनपछि मृत्यु हुन्छ । यो शाश्वत सत्य हो । उसको गुनासो एउटै थियो— जीवन र मृत्युको बीचमा अस्पताल किन आयो ?

“अर्को जुनीमा के भएर जन्मिन चाहन्छौ ?” खरानीभित्रको मुखले अनुनयको भाषामा बोल्यो, “क्षणभरमा खरानी हुने स्थूल शरीर लिएर के जन्मिनु ? विचार भएर जन्मिन पाए पो !”

ती मृत्युहरु यो मृत्युभन्दा हृदयविदारक थिए । ती मृत्युहरु उसले भोगेको थियो । तर यो मृत्यु उसको परिवार, आफन्त तथा इष्टमित्रले भोग्नुप¥यो । त्यसैले यो मृत्यु शोकाकुल भयो ।
….
मरेपछि अनेक देख्न पाइँदो रहेछ— घर जान बिदा नदिने मालिकले उसको मृत्युपछि हवाईजहाजको टिकट नै किन्दियो

..
उसलाई अचम्म लाग्यो— बाँचुन्जेल भेट्दा पनि नचिन्ने र नचिनेझैं गर्ने व्यक्तिले मृत्युपछि बाकससमेत चिन्यो ।
..
आगोलाई त जल्ने वस्तु नभएपछि निभ्नुपर्दो रहेछ, जाबो मनुष्य भएर के घमण्डगर्नु ? जति ऐश्वर्यवान्, वीर्यवान् भए पनि प्राणवायु फुस्किएपछि जल्नुपर्दो रहेछ, निभ्नु पर्दो रहेछ
…..
बाकससहित उसको टाउको आउने गरी मुसुक्क हाँसेर सेल्फी खिचे अनि ‘फिलिङ स्याड एट आर्यघाट’ भन्दै फेसबुकमा पोस्ट गरे ।

उल्कै भयो, बाँचुन्जेल राम्रोसँग नुन खान नपाएको उसलाई मरेपछि सुनको टुक्रा खुवाइदिए ।

“खरानीको पनि पैसा लाग्छ र ?” भित्रबाट जवाफ आयो, “खरानी राख्ने बट्टाको पैसा सम्झिनुस् ।”
उसले सुस्केरा हाल्दै भन्यो— गरिबलाई आफ्नै खरानीमा पनि हक नलाग्दो रहेछ ।

मृत्युको आयु ( उपन्यास ) सर्बत्र उपलब्ध छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा:पहिलो प्रेम

प्रभादेवी पौडेल। छोरो बिदेश गएपछि पहिलो पटक घर आउॅदै थियो। आमाले घरको सरसफाई

‘डाक्टर साहेवको क्लिनिक’

प्रभादेवी पौडेल। लघुकथाः डाक्टर साहेवको क्लिनिक -“ए बाबु अलि बिस्तारै गर न निक्कै

लघुकथा: भेटेको पैसा

प्रभादेवी पौडेल। म किनमेलको लागि बजार जान निस्किएकी थिएँ। केही पर पुगेपछि एउटा

बालुवाटारको धाराले दिएकै छ……

बहस शीतलनिवासको धाराले दिएकै छ बालुवाटारको धाराले दिएकै छ नारायणहिटीको धाराले दिएकै छ