कथाः ब्रेकअप



अन्जु शर्मा ।
लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी जिल्ला झापा पुगें । लामो बाटो नाइट गाडी चढेर गएको मान्छे झण्डै दिनको दुई बजेतिरमात्र अफिसमा हाजिर भएँ । अब मलाई नजिकै डेरा खोज्नु थियो । भोकले पनि च्यापेको थियो । सोचें हल्का खाजा खाएर अरू कुराको बन्दोबस्ती गर्छु । म नजिकैको होटेलतर्फ अगाडि बढें । होटलको स्टाफसँग चिया मागेर पिउदै थिएँ । होटलको प्राङ्गणमा एउटी सानी बच्ची मज्जाले हाँसेर खेलिरहेकी थिइन् । म बच्चीको खेल हेर्नमा मन्त्रमुग्ध थिएँ । एकजना बृद्धा होटेल भित्र पसिन् । मलाई र बच्चालाई खुब नियालेर ‘बाबू! तपाईं यो बच्चीको बाबा हो ?’

पिउँदै गरेको मेरो चिया सर्कियो । मैले रिसाउँदै उनलाई गाली गरें’ यो उमेरमा पनि कस्तो सोच विचार नगरी बोल्नु भाको? म अविवाहित युवक हुँ,कसरी यो मेरो बच्चा हुन्छ ? ‘ ए बाबु ! मलाई माफ गर्नुहोला, यो बच्चीसँग ठ्याक्कै तपाईंको अनुहार मिलेर मैले सोधिहालें । यो होटल गर्ने नानीले यो बच्चीको बाबा विदेश हुनुहुन्छ भनेर भन्थिन् । आउनुभएछ भन्ने लाग्यो ।’

‘केको हल्लाखल्ला हो रमा दिदी ?’भित्रबाट एक सुन्दर युवती फुत्त बाहिर आइन् ।उनका र मेरा दुई आँखा चार भए, एक मुख दुई भयो । नत उनी बोलिन्, नत मनै बोल्न सकें । मेरो शिर नराम्ररी झुक्यो । म काउण्टरमा पैसा तिर्न अगाडि बढें । उनले पर्दैन भनिन् । म घोप्टे शिर लिएर होटलबाट बाहिरिएँ । केही पर पुगेर पछाडि फर्केर हेरें । त्यहीँ बच्ची समाएर उनी मतिर हेरिरहेकी थिइन् । म त्रसित भएँ । जब हाम्रो ब्रेकअप भएको थियो, त्यतिबेला उनले यो कोखमा तिम्रो बच्चा छ भनेर आँसु झारेकी थिइन् ।

खासै लामो समय भएको कहाँ छ र ? म दुर्गम कालिकोटबाट यो सुन्दर नगरी काठमाडौंमा पढ्न भनेर आएको अल्लारे केटो । जब म एघार क्लासमा होस्टेलमा बसेर पढ्थें । त्यतिबेला मेरा क्लासका केटीहरू मलाई लाउन नजान्ने, बोल्न नजान्ने भनेर निकै जिस्काउँथे । भित्र पीडा भए पनि बाहिर डरले बोल्दिनथें । मनमनै भने तिनीहरूलाई गाली गर्थें ।’हाम्रा गामतिर भए छोछोरीका आमा हुन्थे । यी बुढी कन्याहरू, मलाई झिस्काउँछन्।’अचम्म तिनै केटी मध्ये कि एउटी थिइन् मेरो असाध्यै पक्ष लिने । उनको नाम थियो निरूपा । उनी सुदूरपूर्व झापातिरकी थिइन् । म किशोर अवस्था छिचोल्दै युवातिर ढल्कदै थिएँ । त्यसैले होला विपरीत लिङ्ग प्रतिको आकर्षण अलि बढी नै हुन्थ्यो । त्यसैले म निरूपासँग जोडिएर बस्न मन पराउँथें । निरूपा निकै आकर्षक केटी थिइन् । लामो केशरासी, गोरो वर्ण, थेप्चो नाक सहजै अड्कल गर्न सकिन्थ्यो उनी मंगोल हुन् भनेर । उनी साथीहरूसँग छुट्टै डेरामा बस्थिन् । त्यसैले उनी स्वतन्त्र थिइन् । म भने होस्टेलमा बधुवा मजदुर जस्तो ।मलाई होस्टेल पटक्कै मनपर्न छोडेको थियोे ।तर के गर्ने बाआमाको कमाइ खाउन्जेल स्वतन्त्रता कहाँ पाइन्छ ?’

मैले सोचें सानोतिनो जागिर भए छुट्टै बस्न पाइने थियो,अनि निरूपासँग घुम्न फिर्न पनि ।यतिकैमा मैले बाह्र पास गरें । निरूपाले पनि पास गरिन् । हामी दुबै एउटै कलेजमा पढ्ने भयौं । बढ्दो उमेर सँगै मलाई आँट र हिम्मत पनि आयो ।म छुट्टै डेरामा बस्ने भएँ । बाले दिएको खर्च कम हुँदै गयो ।म पैसाको सिलसिलामा एक क्यासिनोमा जागिर खान पुगें । क्यासिनोमा पैसा निकै हुन्थ्यो ।म निरूपालाई पनि केही केही उपहार दिन्थें । किनकी उनी र म एकअर्कालाई निकै प्रेम गर्थ्यौं । थर्ड सेमेस्टरमा कलेजले टुर तय गर्यो । हामीलाई कलेजका साथी सँग जानू नै थिएन । त्यसैले त्यहीँ समयमा अर्कोतिर जाने योजना बनायौं । मुस्किलले बाअमालाई झुक्याएर हामी दुईदिनको लागि पोखरातिर हाकियौं । यो बीचमा हामी अघोषित श्रीमान श्रीमती भयौं । कलेजमा साथीहरूले किन टुर नगएका भनेर सोध्दा स्पष्टीकरण दिन झुटमाथि झुट बोल्दा बोल्दै सायद एउटा सिडि नै तयार भको थियो होला ।

मैले क्यासिनोमा काम गर्दै जाँदा रंगीन जीवन देख्न र भोग्न थालिसकेको थिएँ । त्यसैले डान्सबार,क्याबिन,डिस्को ,क्लब अनि ह्विस्की, ब्राण्डी, रम मेरा लागि शौखका बिषय बन्न थालेका थिए । तरपनि मलाई भित्र देखि माया गर्ने निरूपालाई पनि म बेला बेला समय दिन्थें । निरूपा कलेज सकेपछि बिहे गरेर बस्ने कुरामा जोड गर्थिन् । म बिहे नगरी रिलेसनसिपमा बस्न आग्रह गर्थें ।उनी भन्ने गर्थिन् उपेन्द्र हामी सरकारी जागिरमा भिड्न पर्छ । स्थायी जागिर भए जीउन सजिलो हुन्छ । उनी असाध्यै मिहिनेती थिइन् । पढ्दापढ्दै उनले बैंक तिर नाम निकालिन्।म भने नयाँ नयाँ युवतीको चक्करमा, बिन्दास जीवन बिताउँथें।

कलेज कम्पिलट भैसकेको थियो । उनलाई घरबाट बिहे गर्न जोड गरेको कुरा सुनाउँदै अब बिहे गर्नपर्छ भन्थिन् । म भने उनी संग रिल्याक्स् गर्ने बिहे नगर्ने मुडमा थिएँ । उनले साह्रै कर गर्दा मैले रिसाउँदै भनेको थिएं–’तिम्रो र मेरो जात मिल्दैन । बाआमाले स्वीकार्नु हुन्न।’तैपनि उनी भन्ने गर्थिन् ‘हामी आफ्नो कमाइमा बाँचौला । तर तिमीसंग अलग भएर म बस्न सक्तिन।’

समय संगै कलेज सकियो ।कलेजमा फेरवैल पार्टी भयो ।पार्टीमा हामीले रमाइलो गर्यौ । मलाई गाउँले केटो भनेर जिस्काउने सन्दीपा पनि हामी संगै थिइन् ।म भित्र भित्र सन्दीपालाई औधि मन पराउथें । सन्दीपा अलि रौसे पनि थिइन् ।त्यो दिन सन्दीपालाई डान्स रेष्टुरेन्टमा जाऔं भनें उनले तुरुन्तै स्वीकार गरिन् । अनि म सन्दीपालाई लिएर डान्सबार गएँ । उनलाई एक बोतल बियर खान दिएँ । मैले एक प्याक भोड्का लिए । उनी माते जस्ती भइन् । मेरा मनमा पाप पलाउन थाल्यो ।अरू बढी मताउन उनी रेष्टरूम गएको बेला बियरमा भोड्का मिसाएर कक्टेल बनाइदिएँ ।उनी मज्जाले मातिन्।मैले कोठा पूर्याइदिने बाहनामा आफ्नै कोठामा लिएर आएँ ।

उता निरूपालाई बिहेको कुरा छिनोफानो गर्न घरबाट तारन्तार खबर आएछ । त्यहीँ भएर उनी बिहानै मेरो कोठामा आएकी रहिछन् । म भरखरै उठेर बाथरूम छिरेको थिएँ । सधैं आउने बानी परेकी निरूपा सिधै मेरो कोठामा छिरिन् । मेरो बेडरूममा सन्दीपालाई देखेर एकपटक त उनी बेहोस नै भइन् । निकैबेरमा आँसु खसाल्दै–’जतिधेरै मैले विश्वास गरें ,तिमीले मलाई त्यति नै धेरै धोका दियौ।’ मैले हात जोड्दै उनी सँग माफी मागें । तर उनी आवेगमा आइन्।हामी दुईको चर्काचर्कीको आवाजले होला उता यौन र रक्सीको मातले लठ्ठिएकी निरूपा ब्यूझिंन् । सन्दीपा अतालिएर–’म तिम्रो कोठामा ?’सन्दीपाले आफ्नो निवस्त्र शरीर कम्बलले ढाक्ने प्रयास गरिन् । तब आक्रोशित निरूपाले गलपासो लाग्ने जवाफ दिइन् ।’अब यो तिम्रो शरीर कम्बलले ढाकछोप गर्दैन ।तिमी नैतिक रूपमा सर्वत्र नाङ्गिसक्यौ । तिमीहरू गन्दगी हौ । मलाई धोका दिने क्रममा तिमीहरूले आफैंलाई सिध्यायौ।’

‘म र तिमी एक अर्कोलाई अत्यन्तै माया गर्छौ ।तिमी म बिना बाँच्न असम्भव छ।’ मैले पनि उनलाई तिर हान्ने प्रयास गरें । तर सब बेकार भयो ।निरूपाले कठोर स्वरमा’ तिमी मलाई यति कमजोर ठान्छौ ?कदापि म तिम्रो कठपुतली भएर बस्तिन । जुन हाम्रो प्रेम थियो त्यो आजबाट खतम भयो । उनले गह्रुँगो पाइला ढोकाबाट बाहिर बढाइन् । मलाई केही नमिठो लाग्यो ।अनायास मेरा आँखा उनीतिर टोलाइरहेका थिए । उनले पूनःमतिर हेरेर जवाफ दिइन–’उपेन्द्र ! मेरो विहेको कुरा छिनोफानो भैसकेको छ।म विहे गर्न जाँदै छु । मैले भनेको मान्छौ भने तिमी सरकारी जागिर खाउ । तिम्रो पढाइ राम्रो छ । मलाई जस्तो सन्दीपालाई धोका नदिनु । तिम्रो प्रेमको निसानी त मेरो कोखमा बढ्दै छ। म यसलाई संरक्षण गर्ने छु’।उनी त्यहाँबाट अलप भइन्। यता सन्दीपाको ताण्डप नृत्य शुरू भयो ‘। तिमीले मलाई झुक्याएर बलत्कार गर्यौ । अब पुलिसकोमा गएर तिम्रो बचेको इच्जत र जागिर स्वहाः बनाउछु।’लाख बिन्ती गरें, तर उनी मलाई उल्टो ब्ल्याकमेल गर्न थालिन् ।त्यसपछि मात्र मेरो चेत खुल्यो ।मैले निरूपाको नरम शरीर मात्र हैन नरम बोली र ब्यवहारको पनि मूल्यांकन गर्नपर्छ । उनीसँग स्वच्छ प्रेम थियोे त्यसैले त मलाई क्यासिनो छोडेर सरकारी जागिर खा भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा