कर्णालीलाई पोखराले दियो २१८ रनको लक्ष्य


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो ।

पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भए । यस्तै कप्तान कुशल भुर्तेलले ६२, चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए । कर्णाली ४ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ । लगातार ४ खेल हारेको पोखरा अङ्कविहीन हुँदै पुछारमा छ ।