नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान करिव १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने वर्ष ४७ का बुद्धिमान तामाङ, जिल्ला नुवाकोट विदुर नगरपालिका–१३ बस्ने वर्ष ३१ की बिन्दा थापा मगर र सोही स्थान बस्ने वर्ष २७ की सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया