उत्तर प्रदेशमा कारमा आगलागी हुँदा ६ जनाको मृत्यु


नयाँदिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीव्र गतिमा रहेको कार दुर्घटनामा परी आगलागी हुँदा ६ जनाको जलेर मृत्यु भएको छ ।
उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको कार अनियन्त्रित भई पहिले विद्युत् पोलमा ठोक्किएको थियो । त्यसपछि सडकको डिभाइडरमा ठोक्किएर कारमा तत्कालै आगलागी भएको थियो ।

आगलागी भएपछि कारमा सवार व्यक्तिहरूले बाहिर निस्कने मौका नपाउँदा उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।