लघुकथाः आइ ज्याक न्युटन



~डा. विदुर चालिसे ।
दर्शनशास्त्रकाे लामाे न लामाे कक्षा थियाे । नयाँ विद्यार्थीहरूले राजनीति शास्त्रकाे प्रश्न साेधे । –“बगैँचामा स्याउ माथिबाट तल त खस्छ भन्नेकुरा वैज्ञािनकले पत्ता लगाए तर तल बसिरहेकाे स्याउ माथितिर किन उड्दैनन् भन्ने कुरा किन पत्ता नलागेकाे ?”
दर्शनशास्त्रकाे कक्षामा प्राेफेसरलाई मसला पुगिहाल्याे । उनले हतपत विद्यार्थीलाई सम्झाउँदै भने ।

-“बुझ्याै ! वैज्ञानिकले पत्ता नलगाएकाे कुरा नै दर्शनशास्त्रीले पत्ता लगाउँछ ! ल पख ! तिम्राे नाम के रे ? !”
विद्यार्थीले प्राेफेसरकाे प्रश्न सुनेपछि एकछिन अलमलमा पर्याे । अनि कागजकाे टुक्रा पाेकाे पारेर माथि उफार्याे र अगिल्तिर रहेकाे एउटा महिला विद्यार्थीलाई हिर्कायाे । उनले कागजकाे त्याे टुक्रा हात लिइन् अनि प्राेफेसरतिर हेरेर मरिमरि हाँसिन् ।प्राेफेसरकाे अनुहार निलाे भयाे । उनले ती विद्यार्थीलाई रिसाए झैं गरेर साेधे ।

–“त्याे उल्लुले केकाे चिट दिएकाे खुरूक्क भन त !”
लज्जा र स्नेहका बीच ती विद्यार्थीले प्राेफेसरलाई आफ्नाे कुरा भन्न त सकिनन् तर अलिकति उत्तर फर्काइन् ।
–“विज्ञानकाे नयाँ थ्याेरीकाे उत्खनन !”

दर्शनशास्त्रका प्राेफेसरलाई कन्चट तात्न थाल्याे । उनले यसै विषयमा बहुत जाेडले तर्क गर्न लागे अनि फेरि आफ्नाे लामाे न लामाे प्रवचन सुरूगरे । उनी प्रवचन दिंदादिंदै विज्ञानले नयाँ थ्याेरीकाे उत्खनन गरेकाे बारे निष्कर्ष दिन पुगे ।
–“अच्छा ! अब स्याउ भूईबाट पनि माथितिर उड्ने भाे !”

महिला विद्यार्थीकाे चिट एकछिनमा कता हरायाे, थाहा भएन । राजनीति शास्त्रकाे विद्यार्थीले त्यस्तै अर्काे चिट फेरि उफार्याे र प्राेफेसरकाे काेटतिर फाल्याे। प्राेफेसरले देखेकाे नदेख्यै गरेर साे चिटकाे गाेली टिपेर आफ्नाे गाेजीमा हाले अनि चुपचाप लागेर मनमनै सम्झे ।
–“याे न्यूटनकाे गुरूत्वाकर्षण सिध्दान्तकाे खराे जवाफ हाे !”

त्यसपछि प्राेफेसरले फेरि प्रवचन दिन सुरू गरे । सबै विद्यार्थी सुनिरहेका थिए । उनीहरूलाई आफ्नाे विषयमा अब्बल हुनु थियाे । त्यसैले पछिल्लाे समय चुपचाप प्राेफेसरकाे जवाफ कुरेर सुनिरहे । प्राेफेसरले प्रवचन सकिएपछि आफ्नाे काेटकाे चिटकाे गाेला फुकाएर हेरे अनि उनी झन् मरिमरि हाँस्न लागे । उनकाे अट्टहासले पुरै वातावरण हल्लिखल्ली भयाे । यसै बीच उनले भने ।
–“राजनीति शास्त्रकाे प्रेम खुब बढेछ !”

–“कसरी प्राेफेसर ?”
–“तिमीहरूले भने जस्तै स्याउ माथिबाट तल खस्दा भाैतिक विज्ञानकाे विकास ठीकै हाे । तर स्याउ तलबाट माथि उफ्रँदा समाज विज्ञानकाे विकास हुनेरेछ, बुझ्याै ?”

तैपनि विद्यार्थीले बुझेनन् । उनले काेटबाट निकालेर चिटमा लेखिएकाे भाषा तब पढिदिए ।
–“ओ माई डियर सपना ! म पनि आइ ज्याक युट्रन हुँ ! हल्ला नगर !”
प्राेफेसरकाे प्रवचन सकेर छुट्टिएपछि उनीहरूले राजनीतिक अभ्यास समाजमा सुरू गरे । झूट बाेलिरहेका उनीहरूले एउटा स्लाेगन भनिरहे ।
–“तलबाट माथितिर उफ्रेर सूर्य उदाइरहन्छ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई