‘झल्याँस्स’



(प्रयोगवादी कथा)
‘झल्याँस्स’
•••
कथाको भूमिका :
छताछुल्ल भएर वातावरण भरि कथै कथा पोखिएका छन् । मलाई टिप, मलाई …मलाई…मलाई…! हरेक छरपस्ट कथाले समातेर म हैरान, हैरानै भएकी छु । सबै एकभन्दा एक कथा राम्रा छन् ! कसलाई समातुँ कसलाई छोडौँ ? मैसँग उत्तर नै छैन र कथाउपर न्याय छैन । तर एउटा कथाले भने मलाई छोड्दै छोडेन । मैले नटिपे पनि यो कथा मेरा अक्षरमा आएर ट्याप्पै टाँसियो । अब म के गरौँ ?

कथा त्यसरी नै शुरु भयो, जसरी हुनु पर्थ्यो ।

मध्य कथा : श्रीमान् श्रीमतीको भेटका लागि पनि ‘एप्वाइन्टमेन्ट’ लिनु पर्ने भएको थियो ।

अघिल्लो कथा :
तन्नम परिवारमा जन्मिनुको पीडा उसले भोग्नु भोग्यो । तन्नेरी हुँदा नहुँदै उसले गाँउकी अर्की तन्नमै केटी भगायो ।

विशेष घटना :
यत्तिकैमा देशमा जनयुद्धको गाइँगुइँ हुन थाल्यो । नेताहरू कार्यकर्ताको खोजीमा थिए । उनीहरू पनि बेरोजगार थिए । त्यसैले जोइपोई नै कार्यकर्ता बने । उनीहरुले बम बारूद पनि बोके । लोग्ने स्वास्नी दुवैले ज्यानकै बाजी लगाएकै हुन् । पार्टीको आदेश अनुरूप उनीहरुले कैयौँको ज्यान पनि लिएकै हुन् । आखिर रक्तरञ्जित थियो जनयुद्ध ! मार्ने वा मर्ने; लुटपाट मच्चाउने; विध्वंश गर्ने गराउने र सकेसम्म नष्ट र भ्रष्ट नै पार्ने । जनयुद्धको निती नै यही थियो । यति गरेपछि परिवर्तन सम्भव छ भनिएको थियो । जनताको जीवनस्तर उकासिने मन्त्र यही थियो । उनीहरूलाई पार्टी हाई कमाण्डबाट यही शिक्षा घोकाइएको थियो । यस्तै गर्ने आदेश थियो र त्यही किसिमको सपना देखाइएको थियो । त्यसैले उनीहरूले पनि तन, मन र वचनले यही कृत्य पालना गरेका हुन् ।

त्यसपछि परिवर्तन पनि भएकै हो ।

जे होस् उनीहरू जोइपोइले नै सहिद पनि हुनु परेन । अनि उनीहरूले बेपत्ता पनि हुनु परेन । छोरा छोरी हुर्काउँदा हुर्काउँदै मर्ने र मार्ने खेल पनि सकिएको थियो । उनीहरू सुरक्षित अवतरण गर्न पाउने भाग्यमानी दम्पत्ति र डाहालाग्दा परिवार भएका थिए ।

दस कक्षा पढेको टाठोबाठो केटो ऊ नेताको झोला बोक्दा बोक्दै पार्टीको खास नेता बनेकै हो ।

पछिल्लो कथा :
उनीहरुका छोरा छोरी विदेश हान्निए । उनीहरु काठमाडौँमा आलिशान महलमा बस्थे । उनीहरुका नोकर चाकर थिए । ओहो ! हिजो तन्नम बितेको दिन सम्झँदा उनीहरुलाई आज विश्वासै नलाग्ने !

हिजो सपना थियो कि आज सपना हो ?
………………
………………
………………
© इन्दिरा प्रसाई

(‘झल्याँस्स’को बाँकी कथांश मोमिलाकाे सम्पादनमा प्रकाशित हुने ‘कलाश्री’ २०७७मा पढ्नुहुन अनुरोध छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य