कुकुरलाई अब दैनिक एक घण्टा घुमाउनै पर्ने कानुन बन्ने



जर्मनीमा तपाईँले पालेको कुकुरलाई दैनिक दुई पटक गरेर कम्तीमा एक घण्टा डुलाउनै पर्ने कानुन बन्ने बताइएको छ । मस्यौदा तयार भइसकेको कानुनमा लामो समयसम्म कुकुरलाई सिक्रीमा बाँधेर राख्न पनि प्रतिबन्ध लगाइने प्रावधान छ । एक पटकमा तीनवटा भन्दा धेरै जनावर पाल्न नदिने गरि ’कुकुर फार्म’माथि प्रतिबन्ध लगाउने योजना पनि कानुनमा राखिएको छ ।

कानुन परिवर्तनको योजनबारे कृषिमन्त्री युलिया क्लोकनरले भनिन्, “घरमा पालेका जनावर टाँसेर राख्ने खेलौना होइनन्, उनीहरूको आवश्यकताको ख्याल गरिनुपर्छ।“ कानुनमा गर्न लागिएको सुधारमा कुकुर पालकहरूले अनिवार्य रूपमा गर्नुपर्ने कुराहरू समेटिएका छन् । कुकुरलाई दिनदिनै बाहिर डुलाउनु पर्ने व्यवस्था गरिएको त्यसैमा हो । जसअनुसार दिनमा दुई पटक कम्तिमा एक घण्टा घुमाउनु पर्नेछ । कुकुरका मालिकले पूरै दिन कुकुरलाई एक्लै घरमा छाड्न पनि पाउने छैनन् ।

पशुपालकले तीनवटा भन्दा बढी जनवार पाल्न पाउने छैनन् र कुकुरका छाउराको सामाजिकीकरणका निम्ति दैनिक कम्तीमा चार घन्टा मानिसहरूसँगै राख्नुपर्ने छ । मन्त्री क्लोकनरका अनुसार जनावरको सुरक्षा र कल्याण सुनिश्चित गर्न कानुनमा गर्न लागिएका परिवर्तनहरू विज्ञहरूको सुझावमा आधारित छन् । नयाँ नियमको मस्यौदा तयार भइसकेको छ र त्यो आउँदो वर्षको सुरुमा त्यो कानुन बन्न सक्छ । परित भएमा त्यो लागु गराउने अभिभारा जर्मन राज्यहरूको हुनेछ ।

कृषि मन्त्रालयकी एक प्रवक्ताले कसैले कुकुरलाई डुलाउन लग्यो कि लगेन भनेर प्रहरी कुकुरपालकको घरमा सोधखोज गर्न जाने सम्भावना निकै कम रहने बताइन् । पालिएका कुकुरहरूलाई राम्रो व्यवहार गरिएको सुनिश्चित गर्नेमा जोड दिने उद्देश्य रहेको उनको भनाइ छ । पशु सुरक्षा नियमहरू विपरीत कान र पुच्छर काटिएका कुकुरहरूलाई प्रदर्शन गर्न पनि रोक लगाउने प्रस्ताव योजनामा छ । मन्त्री क्लोकनरको योजनामा टाढा यात्रा गराइने पशुका निम्ति साढे चार घण्टाको ट्रान्जिट समय पनि निर्धारण गर्ने नयाँ नियम समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने