प्रहरी चौकीबाट खेलौना चोर्ने कुकुर !



अमेरिकाको एक प्रहरी कार्यालयले क्रिसमसका लागि सङ्कलन गरेका खेलौनाको चोर पत्ता लगाएको छ र त्यो चोर उनीहरूको आफ्नै कुकुर रहेको छ। फ्र्याकलिनका प्रहरी अधिकृतहरूले क्रिसमसमा सान्ता फाउन्डेशनलाई दिन खेलौनाहरू सङ्कलन गरेका थिए।

तर ती खेलौनाहरू हराउन थाले। शङ्काको घेरामा उनीहरूकै परिवारका सदस्य थियो जसमाथि उनीहरूले छानबिन गरे। र छिट्टै नै उनीहरूको आफ्नै कुकुर बेन फ्र्याकलिन चोरी गर्दागर्दै पक्राउ पर्यो। भिडिओमा बेनले एउटा खेलौना बोकेर लुकाउन लग्दै गरेको देखिन्छ।

बेनले सो खेलौना एउटा टेबुलमुनि लुकाउँछ जहाँ प्रहरी अधिकृतहरूले अन्य हराएका खेलौनाहरू पनि भेट्टाउँछन्। फ्र्याकलिन प्रहरीका सहायक प्रमुख जेम्स मिलले बोस्टन २५ लाई भने: “खेलौना ताल्चा मारिएर राखिएको थियो त्यसैले हामीलाई बेनमाथि शङ्का गर्न सहज थियो। जब बेनले कार्यालयमा खेलौना देख्यो उसले ती सबै आफ्ना भएको सोच्यो।”

उनले बेनलाई खेलौना भएको स्थानमा जान प्रतिबन्ध लगाइएको र उसले लुकाएका खेलौनाहरू फेरिएको बताए। बेन थेरापी कुकुर हो जो विद्यालयहरू भ्रमण गरेर बालबालिकासँग खेल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने