सामाजिक सञ्जाल प्रयोगमा कडाइ, के गर्दा कस्तो सजाय ?



काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

सामाजिक संजालको प्रयोगमा कडाइ गर्ने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको हो । मंगलबार संघीय संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा सामाजिक सञ्जालबाट हिंसा, घृणा, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा तथा मुलुकको अखण्डतामा प्रश्न उठाउनेलाई कडा कारबाहीको प्रावधान राखिएको छ ।

विधेयकमा सामाजिक सञ्जालमार्फत अपराध गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म सजाय हुने प्रस्ताव गरिएको छ । त्यस्तै कानुनविपरीतका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने, पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइनेसहितका प्रावधान विधेयकमा छ ।

त्यस्तै कसैको मानप्रतिष्ठामा आँच पुर्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउन नपाइने उल्लेख छ । यस्तो गरेमा ५ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । त्यसैगरी प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन, अन्धविश्वास फैलाउने तथा जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयको प्रकाशन/प्रसारणलाई पनि दण्डयोग्य कार्य मानिएको छ ।

त्यस्ता सूचना प्रचार गरी भ्रम सिर्जना भएको ठहर भए त्यस्तो सामग्री ल्याउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकमा फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएर ऐनको रूप लिइसकेको ६ महिनाभित्र अनुमति नलिए संचालनमा रोक लगाइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित

मुलुकभर आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना

भारतद्वारा केआईआईटी घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको

देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन पूर्वराजाको आह्वान

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई