सामाजिक सञ्जाल प्रयोगका लागि अस्ट्रेलियाले न्यूनतम उमेर निर्धारणका लागि कानुन बनाउने



क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन् ।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले बताए ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने,“हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।”

उनले भने, “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्नेछौँ । “

गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी.एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् ।

“आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ”, मोट पोलका सह–निर्देशक र मोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भने ।

“बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्”, बालरोग विशेषज्ञ वुलफोर्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोपेली सङ्घबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

लक्जेम्बर्ग । युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान

समुद्री क्षेत्रमा दीर्घकालीन सुधारका लागि पाकिस्तानको तयारी

इस्लामावाद । पाकिस्तान सरकारले समुद्री क्षेत्रको दीर्घकालीन विकास र जलवायु परिवर्तनको असर घटाउन

नाइजेरियाको प्लेटो राज्यमा हिंसात्मक आक्रमण, ४७ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा