टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन सरकारसँग सांसद शाहको माग



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका हुन् ।

उनले भने,‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’

उनले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अर्बाैं रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको बताए ।

उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए ।
सरकारले २०८० कात्तिक २७ बाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यत्तिकै हचुवाको भरमा संविधान संशोधन गर्ने मात्रै भनेर हुन्छ र ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मञ्जु खाँणले अन्नको भण्डारका

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौ‌ं । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति

हौसिनुको गन्तव्य के ?

-डा. गोविन्दशरण उपाध्याय । हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ