ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म



 

काठमाडौँ । सरकारले हाल ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म पुर्याएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा स्थानीय तहका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिए ।

त्यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ ।

सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै हालसम्म सो प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।

२०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका तीन सय ४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगका लागि आठ सय ३८ भर्चुअल मेसिन सञ्चालन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

२०८० फागुन महिनासम्ममा दैनिक सात सय ६५, अर्धसाप्ताहिक ३९, साप्तिाहिक दुई हजार नौ सय ८५ र अन्य दैनिक सात सय ९३, अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ७५ र अन्य चार हजार एक सय ३६ गरी जम्मा सात हजार नौ सय ४४ पत्रपत्रिका दर्ता भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

भाषागत रुपमा हालसम्म सात हजार नौ सय ९७ पत्रपत्रिका दर्ता भएका छन् र दर्ता भएका पत्रपत्रिकामध्ये नेपालीभाषाका सबैभन्दा बढी पाँच हजार तीन सय ७६ र राई भाषाका सबैभन्दा कम दुई रहेका छन् । कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झैता भई ढुवानी कार्य भइरहेको छ । द्रूतडाँक सेवा हालसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ ।

अन्तर्राष्ट्रिय हवाई द्रूतडाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको पहुँच ९३.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालु आर्थिक वर्षको फागुनसम्म जुम्दला, रुकुमपश्चिम र मुस्ताङमा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको सङ्ख्या ३२ पुगेको छ ।

अवलम्बन गरेको समावेशी नीतिअनुरुप रेडियो नेपालबाट विभिन्न ३२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । हालसम्म नियमित प्रसारणमा रहेका एफएम र टेलिभिजनको सङ्ख्या क्रमशः सात सय २० र एक सय ६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक हप्तापछि नेपालमा फेसबुक बन्द हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो

गूगलले लागू गर्‍यो एआई मोडमा नयाँ ‘क्वेरी फ्यान-आउट’ प्रविधि

वासिङ्गटन । गूगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ, जसले यसको

टिकटकद्वारा कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु

बेइजिङ । टिकटकले ‘टिकटोक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ ।

एआईले विश्वव्यापी ४० प्रतिशत रोजगारीमा असर पार्न सक्छ

जेनेभा । संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम