काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी



काठमाडौं । सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सिसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सिसीटिभी) क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने भएको छ ।

काठमाडौँलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सिसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसीटिभी जडान गर्ने महानगरको योजना छ ।

काठमाडौँमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ उपत्यकाभर दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि नगरपालिका क्षेत्रभित्र सिसीटिभी जडान गर्न प्रहरीलाई पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

वेब डिजाइन प्रवृत्तिको भविष्य

वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको भर्चुअल (अनलाइन) अनुहारको रूपमा काम गर्दछ ।

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

बाबुराम अर्याल । आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो