एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउने



प्रविधिको क्षेत्रमा विकास हुँदै गएका च्याटजीपीटी जस्ता आर्टिफिशल इन्टेलिजन्स(एआई)ले संसारभर ३० करोडभन्दा बढी मानिसको पूर्णकालीन जागिर संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ । एउटा इन्भेस्टभेन्ट बैंक गोल्डमन स्याक्सले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले एआईप्रविधिले ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गर्न सक्ने जनाएको छ ।

उक्त प्रविधिले अमेरिका र युरोपमा कामका एक चौथाईसम्मका क्रियाकलापलाई विस्थापित गर्न सक्नेछ तर सँगसँगै यसले नयाँ नयाँ रोजगारी सिर्जना गर्नका साथै कामको उत्पादकत्वमा पनि ठूलो वृद्धि गरिदिन सक्छ । यसले विश्वव्यापी रूपमा नै वस्तु तथा सेवाहरूको कुल वार्षिक मूल्यमानलाई नै पनि ७ प्रतिशतले बढाइदिन सक्छ ।

मानिसले सिर्जना गरेको कामबाट छुट्टै हो भनेर यकिन गर्न नसकिने गरि कन्टेन्टहरू बनाउन सक्षम जेनरेटिभ एआई भनिने प्रविधि एउटा ठूलो प्रगति भएको पनि प्रतिवदेनमा उल्लेख छ । एआईको प्रभाव रोजगारीको क्षेत्र अनुसार भिन्न भिन्न हुने प्रतिवेदनमा उल्लेख छ। प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउन सकिन्छ तर निर्माण व्यवसायको ६ प्रतिशत अनि मर्मतसम्भार क्षेत्रको ४ प्रतिशत काम मात्र स्वचालित हुन सक्छन् ।

उक्त प्रतिवेदनले उदृत गरेको अनुसन्धानका अनुसार सन् १९४० मा अस्तित्वमा नै नरहेका पेशामा हाल ६० प्रतिशत कामदारहरूले रोजगारी पाएका छन् । तर अन्य अनुसन्धानका अनुसार सन् १९८० को दशकदेखि प्रविधिको क्षेत्रमा भएका प्रगतिहरूले तिनले सिर्जना गरेका कामभन्दा तीब्र गतिमा कामदारहरूलाई विस्थापित गरेका देखिएको छ ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि