ट्विटरको नीलो टिकका लागि पैसा तिर्नु नपर्ने



ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । गतसाता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो ।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रबारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नुअघि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे ।

तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो । पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका थिए ।

ट्विटरको पूर्ण स्वामित्व लिएपछि उनले नक्कली अकाउन्ट नियन्त्रण गर्नका लागि निलो टिकसहित प्रमाणित अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने निर्णय गरेका थिए । तर यो निर्णय व्यावहारिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही