टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेशमा अदालतको अंकुश



अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ।

राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने छैन । यसअघि अमेरिकी बाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई सेप्टेम्बर २७ सम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सार्नु भएको थियो ।

यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् । गत अगष्ट ६ मा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औंल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीहरुले गोप्य अमेरिकी तथ्याँक विवरणहरु चिनियाँ सुरक्षा निकायहरुलाई उपलब्ध गराएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

बाबुराम अर्याल । आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा