सबैभन्दा धेरै पटक डाउनलोड हुनेमा फेसबुकका चार एप



विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ। ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो। तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो।

ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन्। “यो राम्रो होइन,” अक्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी भन्छन्।

“सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो।”

यासेरी भन्छन्, “ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्दा कुनैपनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ। त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।”

पाँचौ र छैटौँ स्थानमा स्न्यापच्याट र स्काइप छन् भने त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र यूसी ब्राउजर छन्। युट्युब र ट्विटर पनि शीर्ष १० मा परेका छन्।

शीर्ष १० मध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन्। यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्मार्कको किलूले बनाउँछ। क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानको मिसाइल र ड्रोन आक्रमण(भिडियो)

बीबीसी हिन्दी । पाकिस्तानले बिहीबार राति जम्मूमा मिसाइल प्रहार गरेको छ। सरकारी टिभी

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान

जेनेभा ।  संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका

न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी

वेलिङ्टन । न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ

सियोल । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक