गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा



गुगलका सहसंस्थापकहरू ल्यारी पेज र सर्गे ब्रिनले गुगलको मातृ कम्पनी अल्फाबेटको उच्च पदमा आफूहरू नरहने घोषणा गरेका छन्।

यो घोषणासँगै गुगलको मूल कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको पदबाट उनीहरू हट्नेछन् तर बोर्डमा भने रहनेछन्।

एउटा वक्तव्यमा जनाइए अनुसार गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई अब अल्फाबेटको पनि प्रमुख कार्यकारी अधिकृतका रूपमा रहनेछन्। गुगलको संस्थागत पुनर्संरचना गरिएपछि सन् २०१५ मा अल्फाबेट निर्माण गरिएको थियो।

पेज र ब्रिनले सन् १९९८ मा क्यालिफोर्नियामा गुगलको स्थापना गरेका थिए। गुगलले इन्टरनेट सर्च इन्जिनबाट स्वचालित कारको निर्माणजस्ता क्षेत्रमा व्यवसाय विस्तार गरेपछि मातृ कम्पनीको उद्देश्य उसका गतिविधिहरूलाई “स्वच्छ र थप उत्तरदायी” बनाउनु रहेको बताइएको थियो।

अल्फाबेट बनाइएपछि उनीहरू दुवैजना गुगलबाट त्यसमा सर्दै आफूहरूले नयाँ पहल सुरु गर्ने बताएका थिए।

४६ वर्षका सहसंस्थापकहरूले मङ्गलवार पोस्ट गरेको एउटा ब्लगमा कम्पनीको दैनिक व्यवस्थापकीय कामबाट पछि हटेको घोषणा गरेका थिए।

उनीहरूको संयुक्त वक्तव्यमा आफूहरू “बोर्ड सदस्य, शेयरधनी र सहसंस्थापकका रूपमा सक्रिय रूपमा सहभागी रहने” उल्लेख छ।

तर उनीहरूले भनेका छन्, “हाम्रो व्यवस्थापन प्रणालीलाई सामान्यीकरण गर्ने यो प्राकृतिक समय हो।” ल्यारी पेज र सर्गे ब्रिन दुवैले अबको समय एउटा गर्वसाथ अभिभावकको रूपमा रहने बताएका छन्।

उक्त वक्तव्यमा उनीहरूले कम्पनीको नेतृत्व गर्न पिचाई बाहेक अर्को उपयुक्त व्यक्ति नभएको पनि उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका