रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक



रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक लगाउने गरी रुसले एउटा नयाँ कानुन पारित गरेको छ।

उक्त कानुन जुलाई २०२० देखि कार्यान्वयनमा आउनेछ। यसले स्मार्टफोन, कम्प्युटर र स्मार्ट टेलिभिजनलाई समेट्नेछ।

त्यस्तो कानुन बनाउने सरकारी निर्णयको समर्थन गर्नहरूले यसबाट रुसी प्रविधिलाई प्रोत्साहन र सर्वसाधारणहरूले किन्ने विद्युतीय उपकरण प्रयोग गर्न सहज हुने तर्क गरेका छन्।

तर त्यसले सरकारी निगरानी हुन सक्ने चिन्ता बढाउनुका साथै केही कम्पनी रुसबाट बाहिरिन सक्ने आशङ्का बढाएको छ।

नयाँ कानुनले विदेशमा निर्मित ग्याजेट र तिनमा जडित सफ्टवेअर बेच्न रोक लगाउनेछैन। तर रुसमा बिक्री वितरण गरिने उपकरणमा रुसी सफ्टवेअर पनि अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।

रुसको तल्लो सदनले बिहीवार उक्त कानुन पारित गरेको हो। कुनकुन रुसी सफ्टवेअर पहिले नै जडान गर्नुपर्ने हो र कुनकुन ग्याजेट यो कानुनले प्रभावित हुन्छन् भन्ने विषय भने सरकारले पछि निर्धारण गर्नेछ।

नयाँ कानुन निर्माणमा सम्मिलित ओलेग निकोलायेभका अनुसार पहिले नै रुसी सफ्टवेअर तयार पारिनुले ग्राहकहरूलाई विभिन्न विकल्प उपलब्ध हुनेछ।

तर उत्पादक र वितरकहरूले नयाँ कानुनी व्यवस्थाको विरोध गरेका छन्। कतिपयले रुसमा बनाइएको सफ्टवेअर प्रयोगकर्ताहरूमाथि जासुसी गर्न प्रयोग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही