केम्ब्रिज एनलिटिका काण्डपछि अनुसन्धान गर्न दशौँ हजार एप निलम्बित



आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ।

निलम्बित एपहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए।

फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको बताएको छ।

सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकलाई सुरक्षाको विषयमा ठूलो दबाव परेको थियो।

केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो। फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप छ।

फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिबाना तिरायो।

केम्ब्रिज एनलिटिका काण्डमा करौडौँ मानिसको गोप्य विवरण चुहिएको थियो। त्यसबाट फेसबुकलाई ठूलो क्षति भयो।

फेसबुकले त्यसपछि धेरै मुद्दा तथा अन्तर्राष्ट्रिय आलोचना खेप्नुपरेको छ। उसले अहिले गोपनीयता सुनिश्चित गर्न र आफ्नो छवि सुधार्न खोजेको छ।

त्यसका लागि गत वर्ष मार्चमा फेसबुकले सयौँ वकिल, डेटा वैज्ञानिक तथा इन्जिनियरहरूलाई संलग्न गराएर आफ्नो माध्यममा प्रयोग हुने एपहरूको अनुसन्धान सुरु गर्‍यो।

आफ्नो समीक्षाले दुरुपयोगको शैली बुझ्न सहयोग पुर्‍याउने र त्यसबाट दुराशय भएका विकासकर्तालाई उन्मूलन गर्न सकिने फेसबुकले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ