शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन सरकारको आह्वान, बजेट अधिवेशन वैशाख १२ मा बोलाउन सिफारिस



काठमाडौं । सरकारले वैशाख १२ गते बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न निर्णय गरेको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद बैठकले वैशाख १२ गते बस्ने गरी संसदको बजेट अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले शिक्षकहरुसँग वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गरेको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताइन् ।

मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने बैठकले निर्णय गरेको छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन, चाँदी र २९ लाख नगदसहित कोटेश्वरबाट श्रीराम ज्वेलर्सका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित

हृदयेन्द्रलाई लिएर गए पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका साथ नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह  नारायणधाम मन्दिरमा

रास्वपाले भन्यो-अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

राष्ट्रिय राजनीतिमा विभिन्न संकट उत्पन्न भयोः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पछिल्लो