प्रचण्ड भन्छन्-अब जनताको भरोसा माओवादी केन्द्र



नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् ।

आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताए ।

उनले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको भनाइ छ ।

‘अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु’, उनले भने, ‘यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु ।’

जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोसिस गर्दा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएका उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत र पाकिस्तानमा रहेका नेपालीको उद्दारसम्बन्धी योजना बनाउन सरकारलाई सुमना श्रेष्ठको आग्रह

काठमाडौं । भारत–पाकिस्तान तनाव बढेपछि पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरुले उद्दारका लागि आग्रह गरेका छन्

दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा प्रतिनिधिसभा सदस्य मीना

रविन्द्र मिश्रहरूको क्रन्दन र राजसंस्थाको पुनरागमन

-सुरेश आचार्य । मैले बुझेको छैन, संसदमा बहुमत नरहेको र संविधान संशोधनको प्रमाणीकरण

भारतले चेनाब नदी र बगलिहार जलविद्युत आयोजनाको बाँध खोल्यो, पाकिस्तानमा बाढीको खतरा(भिडियो)

नयाँदिल्ली । भारतको केन्द्र सरकारले रामबनमा रहेको बगलिहार जलविद्युत परियोजनाका दुई ढोका र