सरकार परिवर्तनको कुरा भ्रम सिर्जना गर्ने कोसिस मात्र होः एमाले



काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति सरकार छाड्नुपर्दाको पीडाबोध भएको बताएको छ ।

सोमबार बसेको सचिवालय बैठकले प्रचण्डले दिएको अभिव्यक्ति खारेज गर्दै असान्दर्भिक भएको निष्कर्ष निकालेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको अभिव्यक्ति भ्रम सिर्जना कोसिस भएको बताए ।

उनले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध हो । राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’

त्यस्तै बैठकमा पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल भएको उनले बताए । बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

यसवर्ष लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका

२०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पार्टी बनेको होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने

संचारमाध्यममा आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरका प्रवक्तासँग बालेनले सोधे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका

ग्वार्को फ्लाईओभर असार १ गतेदेखि संचालनमा आउने

काठमाडौं । ग्वार्को फ्लाईओभर आगामी असार एक गतेदेखि संचालनमा आउने भएको छ ।