एन्टिबायोटिकले सङ्क्रमण नियन्त्रण गर्न नसक्दा एकवर्षमै ३० लाख बालबालिकाको मृत्यु



बीबीसी । एन्टिबायोटिकहरू सङ्क्रमण नियन्त्रण गर्न नसक्ने अवस्था उत्पन्न भएका कारण सन् २०२२ मा मात्रै विश्वभरिमा ३० लाख बालबालिकाको मृत्यु भएको बाल स्वास्थ्यका दुई प्रमुख विज्ञले गरेको अनुसन्धानले देखाएको छ ।

यस्तो समस्याका कारण दक्षिणपूर्वी एशिया र अफ्रिकाका बालबालिका सबैभन्दा धेरै जोखिममा छन् । सङ्क्रमण निम्त्याउने सूक्ष्मजीवहरू एन्टिबायोटिक औषधिले काम नगर्ने किसिमले विकास भएको अवस्थालाई ‘एन्टिमाइक्रोबिअल रेजिस्टन्स’ (एएमआर) अर्थात् ’प्रतिजैविक प्रतिरोध’ भनिन्छ ।

एन्टिबायोटिकले काम नगर्ने अवस्था अहिले विश्वभरिका मानिसहरूले सामना गरिरहेको जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा पहिचान भएको छ । नयाँ अध्ययनले एएमआरले बालबालिकाहरूको ज्यान लिइरहेको खुलासा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकसहित कैयौँ स्रोतबाट तथ्याङ्क लिएर दुई विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनमा सन् २०२२ मा ३० लाखभन्दा धेरै बालबालिकाको मृत्युको कारण औषधिले काम नगर्ने सङ्क्रमणसँग सम्बन्धित देखिएको उल्लेख छ ।

विज्ञहरूका अनुसार यो नयाँ अध्ययनले बालबालिकाहरूमा एएमआरसम्बन्धी सङ्क्रमण तीन वर्षमै १० गुनाले बढेको देखाएको छ । कोभिड सङ्क्रमणका कारण यो सङ्ख्या खराब अवस्थामा पुगेको आँकलन गरिएको छ ।

छालाको सङ्क्रमणदेखि निमोनियासम्म कैयौँ प्रकारका ब्याक्टेरियाबाट हुने सङ्क्रमण रोक्न वा उपचार गर्न एन्टिबायोटिकको प्रयोग हुने गरेको छ । यस्ता औषधिहरू कतिपय अवस्थामा उपचारभन्दा पनि सङ्क्रमणको रोकथामका लागि प्रयोग गरिन्छ।

उदाहरणका लागि, शल्यक्रिया गर्नुपर्ने बिरामी वा क्यान्सरविरुद्ध कीमोथेरपी गर्नुअघि एन्टिबायोटिक औषधि चलाइन्छ । रुघाखोकी, ज्वरो वा कोभिडजस्ता भाइरल सङ्क्रमणमा एन्टिबायोटिकको प्रभाव हुँदैन । प्रतिवेदनका प्रमुख लेखकहरू अस्ट्रेलियाको मर्डोख चिल्ड्रन्स् रिसर्च इन्स्टिट्यूडका डा यान्हङ जेसिका हू र क्लिन्टन हेल्थ एक्सेस इनिशटिभ्सका प्राध्यापक हर्ब हार्वेल सबैभन्दा जटिल सङ्क्रमणमा मात्रै प्रयोग गरिनुपर्ने एन्टिबायोटिकहरूको प्रयोग उल्लेख्य मात्रामा बढेको देखाएका छन् ।

सन् २०१८ देखि २०२१ को बीचमा ‘वाच एन्टिबायोटिक्स’ भनिने उच्च प्रतिरोधी क्षमता भएका एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा १६० प्रतिशतले र अफ्रिकामा १२६ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

त्यही अवधिमा ‘रिजर्भ एन्टिबायोटिक्स’ भनिने जटिल र बहुऔषधि प्रतिरोधी सङ्क्रमणमा अन्तिम अवस्थामा मात्रै उपचारका लागि प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशतले बढेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन पूर्ण रूपमा ‘पागल’ भइसकेका छन् : ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी हवाई

सिंहासनमा बसेर हिंसा भड्काउने अर्को अभिव्यक्ति

काठमाडौं । गत चैत १५ मा यो व्यवस्था उल्ट्याएर राजा फर्काउने भन्दै दुर्गा

जाइकाको आर्थिक सहयोगमा धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने

काभ्रे। धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको

भरतपुर क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ ।