हामी इतिहासको त्यो दोबाटोमा उभिएका छौँ, जहाँबाट सामान्य त्रुटी हुँदा मुलुक ठूलो जोखिममा पर्छः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर अर्को नयाँ क्यालेण्डर झुण्डाउने कार्यमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै कोइरालाले मुलुक यतिबेला इतिहासको दोबाटोमा रहेको बताएका हुन् । उनले भने, ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँवाट सामान्य त्रुटी हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।’

उनले ‘अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरि हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ । नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस

शेखरको प्रश्नः के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको