राजावादीलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छः प्रधानमन्त्री ओली



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी गरेका छन् ।

शनिबार झापामा नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजावादीहरुले चैत १५ गते काठमाडौंमा घटाएको घटनालाई लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले राजा फर्काएपछि के हुने भन्ने कुरा तिनकुने घटनाले देखाएको बताए । उनले भने, ‘राजा फर्काउने अरे । राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे । तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

प्रधानमन्त्रीले व्यक्तिका घर, पसल व्यवसाय लुटेर क्रान्ति नहुने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओली दुर्गा प्रसाईंप्रति आक्रोशित देखिएका थिए । उलने जसले गाडीको सिटमै नबसी राम्रो ड्राइभिङ गर्न सक्छु भन्छ उसैले देश चलाउने भन्दै व्यंग्य गरे ।

उनले भने, ‘राजा फर्काउँछु भन्नेहरु बैंक डुबाउनेहरू र आफूले लिएको ऋण तिर्नु पर्दैन भनेर अभियान चलाउनेहरू, जनताको समस्यामा सरोकार नभएका तर, जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउनेहरू हुन् । राजनीति भनेको ढुङ्गा हान्न मात्र जान्नेहरूले देश चलाउँछु भन्ने जस्तो होइन । कहिल्यै चित्र नबनाएकाले चित्रकारले भन्दा राम्रो चित्र बनाउँछु भन्नेजस्तो, वा डुंगा खियाउन नजान्नेले माझीले सकेन भनेर डुंगा डुबाइदिने जस्तो हो ।’

उनले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए। उनले भने, ‘तोडफोड, आगजनी, हिंसा, हत्या जस्ता कुराहरु अब स्वीकार्य हुँदैन। देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाइन्छ।’

प्रधानमन्त्रीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए । प्रधानमन्त्रीले यस्तो देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस

शेखरको प्रश्नः के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको