हामी सत्तामा छौँ, तर सरकारमा छैनौँः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन् ।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

उनले सरकारले सुशासन दिन नसकेको र दण्डहिनता बढेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर मैले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खबरदारी गरिराख्नुपर्छ भन्ने हो । खबरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ ।’

कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागढुंगा–नौबिसे सडकखण्डमा सवारी जाम(फोटोफिचर)

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान पौने तीन बजेतिर नागढुंगा–नौबिसे

आज मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका

सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपील

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील