सरकार कुशासनमा व्यस्त भयोः भीम रावल



काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी ओली नेतृत्वको सरकारले कुशासन चलाइरहेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले गर्भनर नियुक्त गर्न नसक्नु, त्रिविका उपकुलपतिले राजीनामा दिनु यसैको उदाहरण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्र बैंकको गभर्नरको पदावधि समाप्त हुनुभन्दा एक महिना अघि नै नयाँ गभर्नरको नाम सिफारिश भइसक्नु पर्ने कानूनी व्यवस्था छ । तर १६ दिन अघि गठित दुई पौडेल सहित तीन जना रहेको सिफारिश समितिको बैठक नै बसेको छैन तथा गभर्नरको पद रिक्त भएको तीन दिन भइसकेको छ । आफ्नो स्वार्थ अनुकूलको ’फाइदाजनक’ व्यक्तिलाई गभर्नर बनाउन तानातान र खेल चलिरहेको व्यापक चर्चा छ ।’

त्यस्तै रावलले त्रिविका उपकुलपतिको राजीनामाबारे सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले प्रधानमन्त्रीको हस्तक्षेप तथा काम गर्न नदिने व्यवहारको कारण देखाउँदै पदबाट राजीनामा दिएको १० दिन बितिसक्दा पनि उहाँको राजीनामा बारे सरकार मौन छ । विश्व विद्यालय उपकुलपति विहीन छ । उच्च शिक्षामाथिको खेलबाड !’

त्यस्तै उनले काठमाडौं उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा पुग्दासमेत सरकार मौन बसेको आरोप लगाएका छन् ।

रावलले भनेका छन्, ‘केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर खतरनाक स्तरमा पुगेको छ । तर जनतासँग वातावरण स्वच्छ राख्नको लागि जनताबाट उठाएको २५ अर्ब भन्दा बढी रकम हुँदाहुँदै सरकारले वायु प्रदुषणको खतरनाक स्तरप्रति कुनै ध्यान दिएको छैन । जनताको स्वच्छ वातावरणको संवैधानिक प्रति चासो राखेको छैन । धेरै धुलो उड्ने निर्माणाधीन तथा शहरी सडकमा पानी छर्ने, डढेलोको नियन्त्रणमा थप जनशक्ति र साधन लगाउने एवं जनतालाई सरसामान र झारपात नडढाउन आव्हान गर्ने वा जानकारीमूलक सूचना जारी गर्ने जस्तो काम पनि सरकारले गरिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजीनामा दिने गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनको चेतावनी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् ।

सुन, चाँदी र २९ लाख नगदसहित कोटेश्वरबाट श्रीराम ज्वेलर्सका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित

हृदयेन्द्रलाई लिएर गए पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका साथ नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह  नारायणधाम मन्दिरमा

रास्वपाले भन्यो-अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको