प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी