नेपालमा त कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुमा प्रवृत्ति देखिन थाल्योः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा कोइरालाले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् । उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । सरकारले सुशासन दिन्छौ, देशमा भ्रष्टाचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन ।’

उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रवृत्ति देखाउन थालेको बताए ।

कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर बीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन । बीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत लैजान जरूरी रहेको बताए । सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै सांसदको पद जाने र सम्पत्ति शुद्धीकरण प्रधानमन्त्रीमातहत रहेकोमा मानिसहरू डराइरहेको पनि कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यापार, लगानी र विकास सहकार्यका लागि न्यूजिल्याण्डका उपप्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति

के छ तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदनमा ?(पूर्णपाठ)

काठमाडौँ । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे

सरकारले राप्रपाका तीन सांसदको पीएसओ हटायो

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सांसदको निजी अंगरक्षक (पीएसओ) फिर्ता बोलाएको

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । बैठक