चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती



झापा ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा शनिबार उनले पूर्वराजा शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।

‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्’, महामन्त्री शर्माले भने, ‘अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् । तर, त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।

‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत् ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाइ बहुमत ल्याउनैपर्छ’, महामन्त्री शर्माको भनाइ थियो,‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।’

उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिने अदालतका कम्प्यूटर अपरेटर अख्तियारको फन्दामा

काठमाडौं । जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर दुई लाख रूपैयाँ घुससहित पक्राउ

भारत-पाकिस्तान तनावको असरः सीमा क्षेत्रबाट हुनसक्ने घुसपैठ रोक्न सशस्त्र प्रहरीको गस्ती, सहरी क्षेत्रमा निगरानी

काठमाडौं । भारत पाकिस्तानबीच तनाव बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता

अख्तियारले मार्यो धितोपत्र बोर्डमा छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्नः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता