एमाले महासचिव भन्छन्-संविधान कार्यान्वयनमा पूर्वराजाका गतिविधि बाधक



काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए । उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए ।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीकाबारेमा के भन्यो एमालेले ?

काठमाडौं । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकका समाजिक संजालले अनुसन्धान

एमालेले भन्यो-गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन

काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने

रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुने घटनाका संलग्न भएको आरोपमा  जिल्ला अदालत

कर्मचारीलाई उर्जामन्त्रीको चेतावनीः फाइल अड्काउने काम नहोस्, कारबाही हुन्छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने