तिनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्छः कोइराला



मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको बताए ।

उनले समस्याको समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने बताए । कांग्रेस केन्द्रीय सदस्य कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।

उनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको बताए ।

उनले भने, ‘दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका

नवलपुरबाट माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु

  नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस

आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि कांग्रेस महामन्त्री गगन र विश्वप्रकाश सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका मागकाबारेमा

सिन्दुर खेलेर भक्तपुरमा यसरी मनाइयो सुथसिया जात्रा(फोटोफिचर)

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे