प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत



काठमाडौं । सरकारले आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए ।

त्यस्तै बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल स्टक एक्स्जेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले म्यानमार सरकारलाई औषधिलगायत राहत सामग्री उपलब्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णयसमेत गरेको छ । त्यसैगरी बैठकले भूकम्पबाट प्रभावित बनेको म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्रीः राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् गगन थापा

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

दुई करोड रुपैयाँ बराबरको सुनचाँदीसहित काठमाडौंबाट नौ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार