माधव नेपाल भन्छन्-अब वंशको शासनतिर फर्किने सम्भावना छैन



विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र पुनःस्र्थापनाको सम्भावना नरहेको बताएएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले अब वंशको शासनतिर फर्किने सम्भावना नरहेको बताएका हुन् ।

उनले अब शासन गर्न जनताको मन जितेर र जनताबाट निर्वाचित भएर आउनुपर्ने बताए । उनले भने, ‘जनताको मनको शासनलाई मन नमान्ने । जनताको चेतनामा विश्वास नगर्ने । अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा । राणाशासनभन्दा अझै पुरानो खोजौं । पूँजीवादी युगमा पनि बस्ने होइन । अब समाजवादी युगमा जाने हो ।’

अध्यक्ष नेपालले राजावादीको आन्दोलन बेतुतक र बेमौसमको भएको बताए । अध्यक्ष नेपालले पूर्वराजासँग पाँच बुँदे सम्झौता नभएको बताए । उनले त्यतिबेला पूर्वराज सम्पूर्ण अधिकार जनतालाई सुम्पन तयार भएको र त्यही अनुसार वक्तव्य आएको बताए ।

उनले भने, ‘त्यतिबेला पूर्वराजासँग पाँच बुँदे सम्झौता भएको थिएन । जनताको जे निर्णय हुन्छ त्यो मान्न म तयार छु भनेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्रीः राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् गगन थापा

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

दुई करोड रुपैयाँ बराबरको सुनचाँदीसहित काठमाडौंबाट नौ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार